बागलुङ÷मगर दिवशको अबसरमा आयोजित तेस्रो लखन कप खुला भलिबल प्रतियोगितामा आइतबार दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन् । आइतबार भएका ५ खेलमा जिके युनाइटेड, भिमापोखरा, तंग्राम भलिबल टिम, जैमिनी नगरपालिका वडा नं. ९, नरेठाँटी बजार खेलकुद टिमले खेल जितेका हुन् ।
पहिलो चरणको अन्तिम खेल आइतबार जिके युनाइटेडले मुलपानी खेलकुद टिमलाई २५–२२, १८–२५ र ३०–२८ को स्कोरमा जितेर दोश्रो चरणमा प्रवेश गरेको थियो । त्यसपछि नविन एग्रोभेट तित्याङ र नरेठाँटी बीचको खेलमा नरेठाँटीले नविन एग्रोलाई २५–२० र २५– १६ को स्कोरमा जित निकाल्यो ।
जैमिनी ९ ले होटल माउन्टेन भ्यूलाई सोझो २ सेटमै पराजित ग¥यो । उसले २५–२० र २५–२३ को जित निकालेको हो । तंग्रामले हिउँचुली खेलकुद जलजला पर्वतलाई पराजित ग¥यो । तंग्रामले २५–१५, १७–२५ र २५–२१ को खेल खेलेको थियो । भीमापोखराले भने ताराखोलालाइ पराजित गरेको हो । २५–१७ र २६–२४ को स्कोरमा पराजित भएपछि ताराखोला स्तब्ध भयो ।
आइतबारको अन्तिम खेलमा जिके युनाइटेटले रुस्दी युवा क्लबलाई पराजित गरेको हो । जिकेले १८–२५,२५–२२ र २५–१४ को स्कोरमा खेल जितेको हो । सोमबार क्वाटरफाइनल र सेमीफाइनल खेल हुनेछन् ।





