बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा-२५ मा रुबेला खोप अभियान सुरु

पोखरा-२५ मा रुबेला खोप अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार

पोखरा / पोखरा महानगरपालिका २५ मा रुबेला खोप अभियान सुरु भएको छ । वडा अध्यक्ष तथा महानगरका प्रबक्ता मोतिलाल तिम्सिनाले दादुरा (रुबेला खोप अभियान २०८०) को फोकल पर्सन लक्ष्मिकुमारी पौडेललाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै आइतवार कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेब तिम्सिना, सिअहेब अधिकृत हरिलाल आचार्य, वडा सचिब चोलाकान्त पौडेल, बरिष्ट समाजसेबी मदन थापा लगायतले कार्यक्रम सफलताको शुभकामना दिए ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु रकर्मचारी लगायत आमनागरिकहरुको उपस्थितिमा ९ महिनादेखि ५ बर्ष सम्मका करिब १ हजार १७ जनालाई यो खोप ९ सेसनमा प्रदान गरिने छ।

स्वास्थ्य कार्यालय कास्कीका नरबहादुर सारु तथा हेमाकला शर्मा, स्वास्थ्य सेवा बिभाग आपूर्ति केंद्र टेकुका सुरक्षा घिमिरे, प्रदेश आपूर्ति केन्द्र पोखराका हिमलाल सुवेदी, सुस्मा राईले खोप अभियानको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->