सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखेलमा काठेखाला च्याम्पियन

ताराखेलमा काठेखाला च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार

बागलुङ/तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० अन्तर्गत आइतबार सकिएको ताराखेलमा काठेखोला गाउँपालिका च्याम्पियन बनेको छ । काठेखोलाले कुल १ सय १५ स्कोर गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
कुल १ सय ९ स्कोर हानेको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङ दोस्रो भएको छ । २१ डोर खेलाईएको खेलमा प्रतिखेलाडीले ४२ सर प्रहार गरेका थिए । कुल ४२ मध्ये २१ सर टार्गेटमा प्रहार गरेका सुरेन्द्र पुनमगर सर्वोत्कृष्ट खेलाडी चुनिएको ताराखेल संयोजक खिमबहादुर पुनमगरले बताए ।
मगर दिवसको अवसरमा पुरुष भलिबलसहित गण्डकी प्रदेश र पालिका स्तरीय महिला भलिवल प्रतियोगिता, मगर समुदायका लागि मात्र सामुहिक नृत्य, ४० बर्ष माथिका मगर समुदायका लागि मात्र खुल्ला नृत्य, पुरुष तथा महिला छेलो फाल्ने र रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्यामबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->