सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘लखन कप’का लागि एनबिए र होटल रोयल बिजी भीड्ने

‘लखन कप’का लागि एनबिए र होटल रोयल बिजी भीड्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८०, सोमबार

बागलुङ/मगर दिवशको अबसरमा आयोजित तेस्रो लखन कप खुला भलिबल प्रतियोगिताको उपाधिका लागि नरेठाँटी बजार एरिया (एनबिए) गलकोट र होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाण्डौं भीड्ने भएका छन् ।
आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा एनबिएले तंग्राम भलिबल टिमलाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । उपाधि दाबेदार मानिएको एनबिएले तंग्रामलाई २५–९ र २५–१८ को सोझो सेटमा हराएको हो ।
यस्तै, दोस्रो सेमीफाइनल खेलमा होटल रोयल बिजीले रुस्दी युवा क्लब गलकोटमाथि संघर्षपूर्ण जित निकाल्दै फाइनल प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा होटल रोयल बिजीले रुस्दी युवा क्लबमाथि २५–२०, २५–११ र २५–२३ को सेटमा पराजित गरेको हो । तेस्रो सेटको निर्णायक खेलमा विवाद सिर्जना हुँदा खेल रोकिएको थियो ।
फाइनल खेल मंगलबार बिहान हुने भलिब खेलका संयोजक किशोर छन्त्यालले जानकारी दिए । सेमीफाइनलमा पराजित रुस्दी युवा क्लब र तंग्राम भलिबल टिमले १०÷१० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
लखन कप पुरुष भलिबलको विजेताले ८१ हजार ८ सय ८१ र उपविजेताले ४१ हजार ४ सय ४१ रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले मगर दिवसमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->