पोखरा / गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । असोज १२ देखि रोकिएको अधिवेशन झण्डै ६ महिनापछि बुधबार दिउँसो २ बजे सुरु भएको हो । अधिवेशनको पहिलो दिन संसदमा रहेका चार वटै पार्टीका संसदीय दलका नेताहरुले सम्बोधन गरेका छन् ।
मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकार नागरिकले अनुभूति गर्ने गरी काम गरेको बताए ।





