पोखरा / पुन युनाइटेड क्लब नदीपुरले फागुन अन्तिम साता खुल्ला बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।
शिबरात्रीको अवसरमा पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो ।
पुरुषतर्फ हुने बास्केटबल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फ हुने थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार पाँच सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।
आगामी फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको र २१ गते सॅाझ सम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।





