सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित

पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८०, शुक्रबार

पोखरा / पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो।

बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो।

पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरिन्। तर चौथो पेनाल्टी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्। जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो।

खेलको २९ औं मिनेटमा नेपालका लागि सविता रानामगरले पहिलो गोल गरेका थिइन्। दोस्रो हाफको ७४ औं मिनेटमा जोर्डनले खेल बराबरीमा ल्यायो। ८९ औं मिनेटमा जोर्डनले अर्को गोल थप्दा खेलमा नेपाल २-१ ले पछि परेको थियो।

खेलको इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। पेनाल्टीको सदुपयोग गर्दै गीता रानाले गोल गरिन्। उनको गोलपछि खेल २-२ को बराबरीमा पुग्यो। खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो। जहाँ जोर्डनले बाजी मार्यो। यससँगै जोर्डनले छैंटौं पटक उपाधि जित्यो।

नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको थियो। सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्स प्रस्थान गरेकी छिन्।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो। जोर्डन प्यालेस्टाइनलाई ५–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४ औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->