बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखरा महानगरले मनायो आयोडिन महिना

पोखरा महानगरले मनायो आयोडिन महिना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८०, शुक्रबार

पोखरा / चालु अंग्रेजी वर्षको फ्रेबुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको हो ।

अभियानअन्तर्गत महिनाभर विभिन्न चेतनात्मक कार्यक्रम गरिएको महानगरको स्वास्थ्य महाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए । आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषकतत्व भएकाले यस सम्बन्धमा नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने खाँचो महसुस गर्दै अभियान चलाइएको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले नगरवासीहरूको स्वास्थ्य प्रवद्र्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

महानगर स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले महानगर भित्र आयोडिनको कमीका कारण आउन सक्ने स्वास्थ्य जोखिमहरूको न्यूनीकरणका लागि प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भिमा पौडेलले स्वास्थ्य सचेतना अभिवृद्धिमा महिला स्वास्थ्य स्वयसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । साल्ट ट्रेडिङ गण्डकीका निर्देशक सागर शेरचनले मानव स्वास्थ्यका लागि आयोडिनको सेवन अनिवार्य र अत्यावश्यक रहेको बताए ।

पोखरा महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रममा फोकल पर्सन सत्यराज साखीले नेपाल सरकारको पोषण कार्यक्रमअन्तर्गत पहिलो प्राथमिकतामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए ।

प्रतिव्यक्ति दैनिक ५ ग्राम आयोडिन आवश्यक पर्ने भए पनि विभिन्न अध्ययनहरूले भने ११ ग्रामसम्म आवश्यक पर्ने देखाउने गरेका छन् । आयोडिन मानसिक फुर्ती र शारीरिक शक्तिका रूपमा मानव स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->