पोखरा/मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घर भइ हाल पोखरा महानगरपालिका–६ बस्दै आएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहीबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।
सुवेदार कर्णबहादुर गुुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश र विदेशमा रहेका सहयोगीहरुबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट दश हजार थप गरि रकम हस्तान्तरण गरिएको हो ।





