पोखरा/कास्की प्रहरीले मावन बेचबिखनको मुद्धामा फरार रहेका होटल सञ्चालकलाई पक्राउ गरेको छ । पोखरा ८ जाल्पारोड स्थित काभ्रेपलान्चोक खाजा घरका संचालकले महिला तथा बालबालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउँदै आएका काभ्रेपलान्चोक पाँच खल घर भइ हाल पोखरा ८ जाल्पारोडमा खाजा घर संचालन गर्दै आएका ३७ वर्षिय केशव भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
पुस १९ गते भुजेलसहित अन्य दुई जनाविरुद्ध मानव बेचविखनको आरोप लागेको थियो । त्यसपश्चात कास्की प्रहरीले अनुसन्धान अघि बढाउँदा भुजेल संलग्न भएको भेटिएपछि उनी फरार भएका थिए । उनलाई प्रहरीले पोखरा ५ मालेपाटनबाट पक्राउ गरेको हो ।





