आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

लोकतन्त्रवादी जनजाति महासंघको अध्यक्षमा पुन सर्वसम्मत चयन

लोकतन्त्रवादी जनजाति महासंघको अध्यक्षमा पुन सर्वसम्मत चयन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८०, आइतबार

पोखरा/नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङको प्रथम जिल्ला अधिवेसन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरणराज पौडेलले काँग्रेसलाई चलायमान र गतिवान बनाउनका लागि भातृ संगठनहरु चुस्त र गतिवान हुनुपर्ने बताए ।
‘पार्टीलाई जनताका माझमा बलियो बनाउनका लागि कांग्रेसले विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरु निर्माण गरेको छ,’ उनले भने, ‘पार्टीलाई सही गतिमा अगाडि बढाउनका लागि भातृ संस्थाहरु चलायमान हुनुपर्छ । यसले पार्टीको गरिमा बढाउने कुरामा ध्यान दिनुपर्छ ।’ उनले नेपाली काँग्रेस देशको हरेक परिवर्तनको संवाहक पार्टी भएको र देशको विकासका लागि पनि काँग्रेसले नै भूमिका खेल्ने बेला आएको उनको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचनले नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय प्रतिनिधि मोहन छन्त्याल लगायतले मन्तव्य राखेका थिए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङका कार्यवाहक अध्यक्ष खिम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाली कांग्रेस जिल्ला सल्लाहकार सदस्य कृष्णशंकर श्रेष्ठ, र सञ्चालन नेपाली कांग्रेस ताराखोला गाउँपालिका—१ का सभापति सागर घर्तीले गरेका थिए । अधिवेशनले खिम पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भीमबहादुर रोका, तमसम राना, सचिवमा लालकुमार शेरचन, हिराकुमारी छन्त्याल, सहसचिवमा सहसचिवमा टेकबहादुर सिंजाली, दिलकुमारी घर्ती रहेका छन् । समितिको सदस्यहरुमा निरा थापा, सुदीक्षा थापा, शोभा छन्त्याल, टिकाराम पुन, कृष्ण अठारे, दलबहादुर घर्ती, नरबहादुर थापा, पूर्ण बहादुर थापा र प्रकाश गुरुङलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->