पोखरा/समाजसेवा युवा क्लबको वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको महाशिवरात्रीको पावन अवसरमा पोखरा ७ मासबारको क्लब, पुष्करेश्वर शिव मन्दिर तथा परापुर्वकालदेखि नै शिव ध्वनी निमार्ण गरिदै आएको श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदान परिसरमा सरसफाइ गरिएको हो ।
सरसाफाई कार्यक्रममा वडाको तर्फबाट पञ्जा हस्तान्तरण गर्दै पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले समाजलाई अगाडी बढाउन सबै सघंसस्था क्रियाशिल हुनु पर्ने बताए ।
वडा सदस्य अर्जुन बहादुर थापाले सामाजिक कार्यमा सबै एकतावद्घ हुनुपर्ने बताउँदै सरसफाइ कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमलाई श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति, पुष्करेश्वर शिव मन्दिर व्यवस्थापन समिति, मासबार आमा समुह, महिला विकासका लागि आमा समुह, महिला क्लब पोखरा, पोखरीपाटन टोल विकास संस्था, सुगम गहन टोल विकास संस्था, शान्तिनगर टोल विकास संस्था लगाएतका मासबार क्षेत्रका संघ सस्थाहरुले ऐक्यवद्घता जनाएका थिए ।
कार्यक्रमको समापनका क्रममा सरसफाई कार्यक्रमा सहभागी सम्पुर्ण सघं सस्था तथा अग्रज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबका अध्यक्ष मधु अधिकारीले समाज सेवा युवा क्लव सबै सघंसस्थासँग हातेमालो अगाडि बढ्ने बताए । कार्यक्रमको संचालन क्लबका सचिव दिपिका पराजुलीेले गरेकी थिइन । सरसफाईका क्रममा ५० बोरा प्लाष्टिकजन्यलगायतका फोहोर संकलन भएको थियो ।





