बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिबिएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बिमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बिमा क्षेत्रको सम्भावना, जिवन बिमा गर्नुको फाइदा, बिमा क्षेत्रमा भएका अवसर लगाएतका बिषयमा सहजिकरण गरिएको थियो ।
कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्र प्रबन्धक बलराम कँडेलले सहजिकरण गरेका थिए । सो अवसरमा धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ध्रुवराज गौतम, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रबन्धक प्रेमप्रसाद ढकाल र मिना जिसीले बिमाबारे थप चर्चा गरेका थिए ।





