आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ: प्रचण्ड

म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ: प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८०, बुधबार

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सहकार्य गरेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । राजनीति उलफेरसँगै पहिलो चरणमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पुनर्गठित मन्त्रिमण्डलमा नेकपा एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बनेका छन् । अहिले तीनै जनालाई बिना विभागीय मन्त्री बनाइएको छ । तीनैजना यसअघि पनि मन्त्री बनिसकेका नेताहरू हुन् ।

एमालेका गिरी यसअघि स्वास्थ्य मन्त्री रहेका थिए भने तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । अर्याल भने गएको वर्ष प्रचण्डले एमालेसँग समीकरण गर्दा रास्वपाकातर्फबाट श्रम तथा रोजगार मन्त्री बनेका थिए ।

नेताहरूले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिइने जनाएका छन् । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको यो निर्णयसँगै एक वर्षपछि एमाले सत्तामा फर्किएको छ । राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि एमाले–माओवादी गठबन्धन टुटेको थियो । प्रधानमन्त्री प्रचण्डले भने सोमवार सार्वजनिक टिप्पणी गर्दै नयाँ गठबन्धन बन्नुलाई एउटा ‘उथलपुथल’ भन्दै मन्त्रिपरिषद्को पुनर्गठन गर्ने आफ्नो निर्णयको बचाऊ गरेका छन् ।

राजधानीमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रायः मान्छेहरूले भन्ने गर्छन् धेरै नै अविस्वस्नीय। कुन बेला कता फड्किन्छ बुझ्नै नसक्ने मान्छे भन्छन्। म त्यस्तो होइन । म नेपाल राष्ट्रपति इमान्दार हुने कुरामा जहिल्यै पनि कायम छु । तर, प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’

उनले अगाडि भने,‘खिइँदै, सुक्दै, एक्लो हुँदै अनि फेरी ठूल्ठूला कुरा गरिराख्ने यो हुनसक्दैन् । हामी समाजवादी मोर्चामात्रै होइन, बृहत्तर कम्युनिस्ट एकताको पनि पहल गर्दै छौँ ।’ उनले ‘प्रतिक्रियावादीहरू’ ले आफूलाई घेरा हालेर सिध्याउने प्रयास धेरै पटक गरेको उल्लेख गर्दै थपे, ‘त्यो तोड्दै आएका छौँ। तोड्दै जान्छौँ । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->