पोखरा/पोखरा महानगर पालिका–१६ मा लागुऔषध रोकथाम सचेतना प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ ।
लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा बढ्दो विकृति र युवा युवतीमा देखिएको लागुऔषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधीलाई प्रशिक्षण दिईएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिइन् ।
कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागुऔषधबाट बढ्दो विकृति अत्त्य गर्न सबै पक्ष जागरुप हुनुपर्नेमा जोड दिए । वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सहभागीलाई प्रहरी सहायक निरिक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गरेका थिए ।
भेलाले तारा भट्टराईको संयोजकत्वमा १५ सदस्यीय लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह वडा स्तरिय समिति गठन गरेको छ । कार्यक्रममा लागुऔषध नियन्त्रण व्युरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।





