सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

९ ओलम्पियनलाई वार्षिक भत्ता, गण्डकीमा सुरु भयो खेलाडी बीमा

९ ओलम्पियनलाई वार्षिक भत्ता, गण्डकीमा सुरु भयो खेलाडी बीमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८०, बिहिबार

पोखरा/गण्डकी प्रदेशभित्र रहेका पुर्व ओलम्पियन खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन वार्षिक भत्ता प्रदान गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच ९ जना गण्डकीका ओलम्पियनहरुलाई भत्ता प्रदान गरिएको हो ।
गण्डकीमा ओलम्पियन खेलाडी एथलेटिक्सका टिका बोेगटी, जुडोका ऋषिराम प्रधान, तेक्वान्दोका नारायणबहादुर गुरुङ, पौडीका सिताराम शाही, एथलेटिक्सकै ज्ञानबहादुर बोहोरा, सुटिङकी भगवती खत्री, एथलेटिक्सकै राजेन्द्र भण्डारी, तिलक राम थारु र युथ ओलम्पियन एथलेटिक्सकी मनिशा अधिकारीलाई सम्मान सहित प्रत्येकलाई ६० हजार रुपैयाँ प्रदान गरेको हो । यो रकम वार्षिक हो । मासिक पाँच हजार रुपैयाँका दरले उनीहरुलाई भत्ता दिइएको हो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले भत्ता रकम सानो भएपनि प्रदेश सरकारले खेलाडीलाई सम्मान गर्ने बाटो खुल्ला गरेको बताए । उनले आफुहरुलाई खेलाडीलाई कम्तीमा पनि मासिक खाना मात्रै पुग्ने रकम दिने चाहाना भएपनि बजेटले नभेटेको सुनाए ।
‘यो रकम ठुलो होइन । हामीलाई पनि थाहा छ तर, के हो भन्दा एउटा सानो भएपनि कामको थलानी भयो । यसले निरन्तरता पाओस भोलिका दिनमा’ उनले भने, ‘हामीलाई त प्रदेशबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीलाई समेत मासिक रुपमा सहयोग गर्न चाहान्छौ । तर, हामीसँग बजेट छैन् । आशा छ आगामी दिनमा बढ्नेछ ।’
एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारीले प्रदेश सरकारले दिएको रकम आफुहरुका लागि ठुलो सम्मान रहेको सुनाए । उनले आफ्नो खेल जिवनमा निकै धेरै पदक हासिल गरेको सुनाउँदै रिडायर्ड अवस्थामा आफुहरुलाई सिटामोल किनेर खाने वातावरण मिलाइदिएकोमा धन्यवाद व्यक्त गरे ।
‘हामीलाई यो गर्वको कुरा हो । आजका दिनमा हामी कतिबेला छोराछोरीले पैसा पठाउँछन र औषधि किनेर खाउँ भन्ने स्थितिमा समेत छौ कम्तिमा अब औषधि किन्न छोराछोरीको पैसा कुनुृपर्ने त भएन’ उनले भने, ‘समस्या धेरै हुन्छन् तर, गण्डकी सरकारले झै अन्य प्रदेश र संघ सरकारले समेत त्यसरी भत्ता दिएमा खेलकुदमै जिवन विताएका पुर्व खेलाडीहरुको जिवन धान्न मुस्किल हुनेछैन् ।’
सुटिङकी भगवती खत्रीले प्रदेश सरकारले आफुहरुलाई खुसी दिएको बताइन् । नेपालमै पहिलो पटक गण्डकी प्रदेशले ओलम्पियनहरुलाई भत्ता दिएर राम्रो काम गरेको र उक्त काम अन्य प्रदेशले सिक्न पर्ने बताइन् ।
गण्डकीमा सुरु भयो खेलाडी बीमा
यस्तै गण्डकी प्रदेश सरकारले गण्डकीमा खेलाडी विमा समेत सुरु गरेको छ । बुधबार नै गण्डकी प्रदेश भित्रका खेलाडी, रेफ्री, प्रशिक्षक र ओलम्पियनहरुको आकस्किम विमा सुरु भएको हो । गण्डकी प्रदेशबाट राष्ट्रिय र अन्तराष्ट्रिय खेल खेलेका पुर्व तथा वर्तमान खेलाडीहरुको नाम खुलाई दुर्घटना विमा गराएको छ ।
गण्डकी सरकारले एक सय जना खेलाडी, पाँच सय ९४ जना रेफ्री तथा प्रशिक्षक गरि कुल ६ सय ९४ जनाको विमा गराएको छ । आकस्मीक विमाले गण्डकीको खेलकुदमा नयाँ आयाम थपिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए । उनले विमाले कम्तिमा पनि प्रदेशको प्रतिनिधित्व गरेर खेल खेलेका खेलाडीका लागि उपचार खर्चनै नभएर मर्नुपर्ने स्थिति अब नरहने सुनाए ।
खेलाडी, रेफ्री तथा प्रशिक्षकको प्रमाण खुलेको स्थितिमा विमा हुने उनले जानकारी दिए । ‘हामीले वर्तमान खेलाडीका लागि मात्र होइन हिजोका दिनमा खेल खेलेर जिवन विताएका खेलाडीको समेत विमा गर्नेछौं’ उनले भने, त्यसका लागि राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेको भन्ने प्रमाणित हुन जरुरी छ ।’
गण्डकी सरकारले प्रत्येक खेलाडी चार लाखको दरले २७ करोड ७६ लाख रुपैयाँ खेलकुद विमालेख सुरक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->