पोखरा / गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले बिहीबार अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।
शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएको संसद सचिवालयका सूचना अधिकारी प्रेम अधिकारीले जानकारी दिए । फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशन २० र २१ गते बैठक बसेको थियो ।
आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै अधिवेशन पनि अन्त्य भएको हो । प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक छलफलका लागि पेश भएको थियो ।
सत्ताको रस्सकस्सीबीच अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।





