आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भारतले बोली फेर्यो, ‘सत्तागठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला’

भारतले बोली फेर्यो, ‘सत्तागठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०८०, बिहिबार

काठमाडौं / नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्तासमीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्तासमीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरेका हुन्।

‘सत्तासमीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो,’ उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->