बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

न्यू एभरेष्टमा एसईईमा सहभागी हुने विद्यार्थीलाई बिदाई

न्यू एभरेष्टमा एसईईमा सहभागी हुने विद्यार्थीलाई बिदाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

बागलुङ/आगामी महिना सञ्चालन हुने एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा एक कार्यक्रमका बीच उनीहरुलाई बिदाई गरिएको हो ।
एसईई परीक्षामा सफताको शुभकामना दिएर सहभागि हुने विद्यार्थीहरुलाई बिदाई गरिएको प्रधानाध्यापक कृष्ण अधिकारीले बताए । ‘विद्यालयको उच्च गरिमालाई निरन्तर उचाइमा पुर्याउन विद्यार्थीहरुले सधैं सफलता प्राप्त गरेका छन् । यस शैक्षिकसत्रका विद्यार्थीहरुले पनि विद्यालय र आफ्नो लागि थप मिहिनेत गर्न प्रेरणा प्रदान गरेर बिदाई गरियो’ अधिकारीले भने ‘फेरी भेट्ने गरी विद्यार्थी परीक्षाको तयारीमा लाग्नेछन् ।’ यो बर्ष एईईमा सहभागि हुने १९ जना विद्यार्थीको बिदाई गरिएको हो ।
विद्यालयका शिक्षकहरु राधाकुमारी लामिछाने, माधब चापागाईं र भुमिराज शर्माले शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । ओलिप खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, सुहाना पन्तले स्वागत मन्तव्य र रोश्नी जिसीको समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए । स्वीकृति बोगटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरि चियापान गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->