बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

तमु धिं युवा समितिमा रमेश गुरुङ सर्वसम्मत

तमु धिं युवा समितिमा रमेश गुरुङ सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०८०, मंगलबार

पोखरा / पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । यसअघि युवा समितिका संयोजकसमेत रहेका अन्नपुर्ण गाँउपालिका वडा नं.९ का वडाध्यक्ष गुरुङको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय युवा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा सुदर्शन गुरुङ, अमृत गुरुङ र सपना गुरुङ, सचिवमा रामप्रसाद गुरुङ, सहसचिवमा हेमन्त गुरुङ र शिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहकोषाध्यक्षमा विराज गुरुङ चयन भएका छन् ।

युवा सांस्कृतिक विभाग संयोजकमा सुमिना गुरुङ, सहसंयोजकमा रोहित गुरुङ, युवा प्रशिक्षण विभाग संयोजकमा मोनिका गुरुङ, सहसंयोजकमा मनिक गुरुङ, युवा खेलकुद विभाग संयोजकमा चोकबहादुर गुरुङ र सहसंयोजकमा दीपेन्द्र गुरुङ, युवा सुरक्षा विभाग संयोजकमा विकास गुरुङ, सहसंयोजकमा अरुण गुरुङ रहनुभएको छ ।

यसरी नै केन्द्रीय सदस्यहरुमा महादेव(राकेश) गुरुङ,निष्मा गुरुङ, आकृति गुरुङ, टोनिस गुरुङ, निश्चल गुरुङ, सुमित्रा गुरुङ, सुहाना गुरुङ, सौगात गुरुङ, खड्गबहादुर गुरुङ, क्षेत्रबहादुर गुरुङ, शेरबहादुर गुरुङ, विजय गुरुङ, निराजन गुरुङ, नबिन गुरुङ, अमन गुरुङ, प्रदिप घले, कृष्ण गुरुङ, दीपक गुरुङलगायत रहेका छन् ।

नवनिर्वाचित युवा समितिलाई तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->