पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका-८ मा बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार पिडित बालिकाले सोमबार बिहान यौन दुर्व्यवहार गरेको भनी उजुरी दिएकी थिइन् ।
श्रेष्ठलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत कास्कीमा बालबालिकाविरुद्ध कसूर (बाल यौन दुर्व्यवहार) मा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरेको छ ।





