सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मार्सलको एक दिने आधारभूत तालिम

मार्सलको एक दिने आधारभूत तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०८०, बुधबार

पोखरा/ पोखरा राइडर्सको आयोजनामा पोखरा इन्ड्यूरो रेसलाई लक्षित गरेर प्राविधिक तथा मार्शल तालिम सम्पन्न भएको छ । चैतको चौथो साता पोखरामा हुने ‘प्रथम पोखरा मोटो–इन्ड्यूरो क्रस चैम्पियनशिप २०२४’ लक्षित गर्दै तालिम आयोजना गरिएको हो ।

५० जनाको सहभागितामा भएको उक्त तालिममा नासा मार्शल तथा ट्रेनिंग कमिशनका कोर्डिनेटर तथा ट्रेनर आशीष लामीछाने, आशीष रौनियार र क्षितिज श्रेष्ठले सहजिकरण गरेका थिए । सहभागि मार्शलहरुलाई शैद्धान्तिक र प्राविधिक पक्ष बारे जानकारी दिंदै मोटर स्पोर्टसका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नासा गण्डकीका अधक्ष्य शिव श्रेष्ठ, कास्की साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पश्चिमांचल क्षेत्रीय अस्पतालका हाई अल्टीट्यूड रेस्क्यू विशेषज्ञ डा. सन्तोष बानियाको उपस्थिति थियो ।

तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने तालिममा उत्कृष्ट भएका सुबास गुरुङलाई नासा मार्शल कमिशनका तर्फबाट हौसला स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।

नासा मार्शल कमीशनका कोर्डिनेटर आशीष लामिछानेले तालिममा सहभागी मार्शलको समर्पणले आगामी दिनमा गण्डकी प्रदेशमा हुने मोटोस्पोर्ट्स खेलको लागी उत्कृष्ट मार्शलहरु उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->