शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वित्तीय सुशासनमा कास्कीका पालिकाहरु मध्यम अवस्थामा

वित्तीय सुशासनमा कास्कीका पालिकाहरु मध्यम अवस्थामा


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८०, बिहिबार

पोखरा/ जिल्ला समन्वय समिति (जिसस) कास्कीको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कास्कीका पालिकाहरुले मध्यम अंक प्राप्त गरेका छन् । जिससले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणमा आधारित रहेर बुधबार सार्वजनिक गरेको नतिजा अनुसार पोखरा महानगरसहितका ५ पालिकाहरुले एक सय पूर्णाङ्कमा ७० अंक पनि प्राप्त गर्न सकेका छैनन् ।

जिससको मूल्याङ्कन अनुसार यहाँको रुपा गाउँपालिकाले सर्वाधिक ६७ अंक प्राप्त गरेको छ । दोस्रो स्थानमा आएको माछापुच्छ्रे गाउँपालिकाले ६४.५,अन्नपूर्णले ६२, मादीले ६०.५ र पोखरा महानगरपालिकाले ६० अन्क प्राप्त गरेका छन् । जिसस कास्की प्रमुख लीलाधर पौडेलका अनुसार वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ लाई आधार बनाएर जोखिम मूल्याङ्कन गरेको थियो । निर्देशिका अनुसार योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन ,कार्यान्वनय क्षमता तथा व्यवस्थापन ,लेखाङ्कन तथा प्रतिवेदन ,अनुगमन,मूल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनका कूल ११८ वटा सूचकमा टेकेर सो मूल्याङ्कन गरिएको थियो । जिसस प्रमु्ख पौडेले पालिकाले प्राप्त अंकले वित्तीय सुशासनको जोखिम मध्यमस्तरको देखाएको बताउँदै अब्बल लक्ष्य प्राप्तिमा लाग्न पालिका प्रमुखहरुसँग आग्रह गरे ।

सुशासन र समृद्धिको महत्वपूर्ण जग नै वित्तीय सुशासन भएको हुँदा हरेक पालिकाहरुको ध्यान बेरुजुरहित आर्थिक क्रियाकलाप हुनुपर्ने बताए । शाखा अधिकृत झविश्वर रेग्मीले काम गराइ र बुझाइमा एकरूपता नहुनु,नतिजाको प्रभावकारी कार्यान्वयनमा ध्यान नपुग्दा यस्तो अवस्था आएको बताए

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->