
पोखरा/हेमजाका महिलाहरुलाई मादल बजाउने तालिम दिइएको छ । महिला सञ्जालको आयोजना तथा वडा कार्यालय,पोखरा २५ को आर्थिक सहयोगमा १० दिने तालिम सम्पन्न भएको हो । तालिममा सो क्षेत्रमा महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापनमा पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिना, वडा सदस्य धनकुमारी पोखरेल,एमाले २५ का अध्यक्ष ऋषिराम पौडेल,सामुदायि सेवा केन्द्र,पोखरा २५ का अध्यक्ष दानबहादुर भुजेल,वडाकी विज्ञ सदस्य मिना कुँवर, सहभागी बबिता आचार्य पौडेल र बुद्धदेवी कुँवर, प्रशिक्षक सम्बरबहादुर गायक सञ्जालकी अध्यक्ष अप्सरा तिमिल्सिना,उपाध्यक्ष रिता त्रिपाठीले र सचिव उमा भुर्तेल पौडेलले मन्तव्य राखेका थिए ।





