पोखरा/पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।
पोखरा ६ बैदाम निवासी स्व दण्डपाणी र स्व जमुना पहारीको स्मृतिमा उहाँका छोरीहरु पोखरा महानगर पालिका वडा नं. २२ पुम्दी निवासी खरीका पहारी बराल, पोखरा महानगर पालिका वडा नं. १७ छोरेपाटन निवासी सेतुदेवी पहारी आर्चाय र पोखरा महानगर पालिका वडा नं. १९ पुरुनचौर निवासी डिलमाया पहारी पौडेलले संयुक्त रुपमा अक्षयकोष स्थापना गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी छोरीहरुले नगद रु पाँच लाखसमितिका अध्यक्ष जगत बहादुर पहारीलाई हस्तान्तरण गरे । अक्षयकोष दाताहरुले बुबा आमाको नामा सहयोग गर्ने पाउँदा खुशी लागेको बताएका थिए ।
आर्थिक स्तर कमजोर भएका पहारी भाइबन्धुहरुको आर्थिक स्तरमा सहयोग पु¥याउने उद्देश्यले निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले ६ बर्ष अगाडी स्थापना गर्नु भएकोे पहारी कुल संरक्षण समितिमा हालसम्म कोषमा ४३ लाख रुपैया जम्मा भएको कोषाअध्यक्ष प्रेमराज पहारीले जानकारी दिए ।
प्राकृतिक बिपक्तिसहित आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका बाबुनानीहरुको पठनपाठनमा समितिले अक्षय कोषको प्राप्त ब्याज बाट सहयोग गर्दै आएको छ ।





