सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जेष्ठ नागरिकमैत्री खेलकूद प्रतियोगिता सम्पन्न

जेष्ठ नागरिकमैत्री खेलकूद प्रतियोगिता सम्पन्न


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८०, सोमबार

पोखरा/जेष्ठ नागरिक मञ्च पोखरा १७ ले जेष्ठ नागरिकको लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।
महानगर वडास्तरीय आर्थिक सहयोगबाट सञ्चालन भएको विभिन्न प्रतियोगितामा जेष्ठ नागरिक महिला तथा पुरुषहरुको सक्रिय सहभागिता रहेको थियो ।
प्रतियोगिताको म्यूजिकल चियर महिलातर्पm सारदा पराजुली, भविमाया परियार बसन्धरा शर्मा र पुरुषतर्पm डण्डपानी भण्डारी, टोपराज ढुंगाना, र टुकप्रसाद पौडेल क्रमशः प्रथम द्धितीय र तृतीय भएका थिए ।
चम्चादौडमा गंगा थापा, विष्णु भट्टराई र कृष्णप्रसाद पौडेल, कपहेडमा दण्डपाणी भण्डारी, कृष्णप्रसाद पौडेल र ज्ञानु सुवेदी तथा घैटो फोर्ने प्रतियोगितामा महाप्रसाद सुवेदी, शान्तिमाया मानन्धर र सावित्री खवास प्रथम द्धितीय र तृतीय भइ पुरस्कृत भएका थिए । विजयी खेलाडिहरुलाई तीन, दुई र एक हजार नगदसहित सम्मान गरिएको थियो ।
प्रतियोगिताका विजयी आमा बुबालाई नगद पुरस्कार वितरण गर्दै पोखरा १७ का कार्यवाहक वडाअध्यक्ष विक्रम गुरुङले खेलकूदमार्पmत समाजका जेष्ठनागरिकलाई मनोरञ्जन प्रदान गर्न सफल भएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->