बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कास्कीको सिक्लेसमा युवकको हत्या

कास्कीको सिक्लेसमा युवकको हत्या


  • विजय नेपाली
  • चैत्र ५ २०८०, सोमबार

पोखरा / कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा एक युवकको हत्या भएको छ । मादी गाउँपालिकामा निर्माण भइरहेको हाइड्रोमा काम गर्न आएको अनुमान गरिएका रामलाल तामाङको रहस्मयी तरिकाले हत्या भएको हो । सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ का तामाङ १ गते पोखराबाट सिक्लेस आएका थिए ।

चार जना साथी भई आएपनि ३ जनाको भने अहिलेसम्म कुनै जानकारी छैन् । उनीहरु फरार भएको प्रहरीको अनुमान छ । शनिबार विहान भैसी खोज्न गएका एक किसानले उक्त शव देखेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->