बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

श्रीमतीले नै दिएकी थिइन रामलाललाई मार्ने सुपारी

श्रीमतीले नै दिएकी थिइन रामलाललाई मार्ने सुपारी


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८०, शुक्रबार

पोखरा/ कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मृत फेला परेका रामलालाई उनकै श्रीमतीले मार्ने सुपारी दिएको खुलेको छ । सिन्धुपाल्चोकका रामलाल तामाङको गत ३ गते सिक्लेसमा शव भेटिएको थियो । उनको हत्याको आरोपमा प्रहरीले ४ जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामलालको श्रीमती कान्छी माया भनिने च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ रहेका छन् । च्याङ्मा तामाङलाइ सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हो भने, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

रामलालको हत्याको पछाडी उनले श्रीमतीलाई दिएको दुःख र हैरानी कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरी स्रोतका अनुसार रामलाले श्रीमतीलाइ सधै गाली गर्ने र नराम्रो व्यवहार गर्ने गर्दथे । श्रीमतीमात्र होइन गाउँका छरछिमेकीसमेत रामलालबाट वाक्क भएको च्याङ्माले प्रहरीलाइ बयान दिएकी छन् । श्रीमानको व्यवहारबाट आत्तिएर धनबहादुलाइ श्रीमान हत्या गर्न भनेपछि धनबहादुरले केही रकम लिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

च्याङ्माले ९० हजार रुपैयाँ धनबहादुरलाई दिएको खुलेको छ । धनबहादुरले रामलाललाइ मार्ने योजना बनाएर पोखरा आएका थिए । धनबहादुर तामाङले कामको लागी भन्दै सिक्लेसतिर लगे । रामलालाइ अगाडी पारेर धनबहादुरले पछाडीबाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा पत्ता लगाएको छ ।

धनबहादुरले हत्या गरेपछि नवीन तामाङ र अजित तामाङको सहयोगमा शव व्यवस्थापन गरेका थिए । सुपारी बापत पाएको ९० हजार रुपैयाँमध्येको ५० हजार धनबहादुर लिएर अन्य २ जनलाइ २०÷२० हजार भाग लगाएका थिए । उनीहरु सिक्लेसबाट फर्केको प्रहरीललाइ धनबहादुर बयान दिएका छन् ।

मादीमा निर्माणाधीन २ वटा हाइड्रोपावरमध्ये एउटामा काम गर्न भनेर गाउँबाट फकाएर सँगै ल्याएर सिक्लेसमा रामलालको हत्या गरेर ३ जना फरार भएका थिए ।
सिक्लेस गाउँबाट दक्षिण पाखोमा भेटिएको शव सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बाका रामलाल तामाङकोे १ गते हत्या भएको हो । ३ गते एक स्थानीय भैंसी पालक किसान आफ्नो भैसी हराएपछि खोज्न निस्केका थिए । सोही क्रममा गाउँभन्दा टाढा उनले रगत देखे । आफ्नो भैसीलाई बाघले लगेको आशंकामा रगतको पछि लाग्दा पुरुषको शव फेला परेको थियो । प्रहरीले कुकुरसहितको अनुसन्धान अघि बढाएको थियो । तर, कुकुरलेसमेत आधा बाटोमा पुगेर रोकिएपछि प्रहरीले फरार ३ जनाको खोजी कार्य गरेको थियो । प्रहरीले रामलालका बुबालाइ शवको जिम्मा लगाइ सकेको छ ।

मादी गाउँपालिमा निर्माण भइरहेको मादी जिरो हाइड्रो पावर र माद्ने खोला हाइड्रोपावर जाने कच्ची सडकदेखि करिब २० मिटर मुनी जंगलमा शव भेटिएको मादी वडा नम्बर १ का वडा अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले अपरिचित व्यक्तिको शव फेला पारेको खबर पाउँदा आफु पोखरामा रहेको र स्थानीयलाई सुतेको वा मृत्यु भइसकेको भन्ने यकिन गर्न भनेपछि मृत्यु भएको यकिन पश्चात प्रहरीलाई खबर गरेको सुनाए । मादी वडा प्रहरी कार्यालय कास्कीको मातहतमा पर्दछ । शनिबार विहान ८ बजेको समयमा खबर आएको उनले सुनाए ।

‘पाउरे भन्ने ठाउँमा घटना भएको हो । हामीले ३ गते विहान थाहा पायौं । अनि प्रहरीलाई मैलेनै खबर गरे । त्यतिबेला ८ बजेको आसपास हुँदो हो । म पनि पोखरा थिएँ । मृत्यु भएको यकिन भएपछि साढे ८ बजे प्रहरीलाई खबर गरे र प्रहरीसँगै गाडीमा आएँ,’ गुरुङले भने, ‘बाटोबाट करिब २०–२५ मिनेटको दूरीमा शव थियो ।’

उनीहरु सँगै सिक्लेस गएका एक युवकका अनुसार ४ जना भएर आएका थिए । ती चारसहित एकै गाडीमा रहेको एक व्यक्तिको बयानले समेत अनुसन्धानमा प्रहरीलाई धेरै राहत मिलेको थियो । ती व्यक्तिका अनुसार रामलालसहित चारजना थिए । ‘म सँगै खाना खाएको हो । चारजना थिए ३ जनाले खाना खाएनन् । जसको शव भेटियो उसले चाहिँ खाना आएका हुन्,’ ती युवाले भने । ४ जनाको खाना खान बेलामा सामान्य चर्काचर्कि भएको युवकको भनाइ थियो । त्यही भनाइलाई आधार बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->