पोखरा/आफ्नै श्रीमानलाई मार्न श्रीमतीले सुपारी दिएको घटनामा हत्या गर्ने धनबहादुर उनकै प्रेमी भएको खुलेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षिय रामबहादुर तामाङको हत्या गर्ने उनका सहचालक समेत रहेका धनबहादुर लामाले ढुंगाले हानेर हत्या गरेको र अन्य दुई जनाले शव व्यवस्थापनमा सहयोग गरेको कुरा खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार घटनाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा धनबहादुर रामबहादुरको श्रीमती च्याङमा लामा (पेम्वा भनि चिनिने कान्छी लामा) को प्रेमी भएको खुलेको छ । विगत पाँच÷छ वर्षदेखि श्रीमान–श्रीमती बिचमा झगडा हुँदै आएको र दुई वर्ष अघिमात्रै राबहादुरले दोस्रो विवाह गर्दा बहुविवाहको मुद्धामा सजाय पाएका थिए । सजाय काटेर आएपछि उनीहरु बिचको विवाद झन बढेको अनुसन्धानबाट खुल्न आएको छ । श्रीमती कान्छी लामाले रामबहादुरसँग अलग भएर बस्न योजना बनाएको र केहि रकम खर्च गर्न तयार रहेको प्रेमी धनबहादुरलाई सुनाएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी श्रवण कुमार विकका अनुसार धनको रामबहादुरसँग पहिलाकै रिसिबि रहेको समेत बताए । धन सहचालकको रुपमा काम गर्दा रामबहादुरले टाउकोमा प्रहार गर्दा चोक लागेको डिएसपी विकले जानकारी दिए । ‘पाँच वर्ष अघि सिन्धुपाल्चोकको हाइड्रोपावरहा मृतक सँगे स्काभेटरको सहचालकको रुपमा काम गर्ने क्रममा धन लामा (धनबहादुर लामा) लाई मृतकले टाउकोमा ढुंगाले प्रहार गरेर चो पु¥याएको कारण धन लामाले निजसँग रिसिबि राखेको अवस्था देखिन्छ’ उनले भने, ‘श्रीमतीले पनि मृतकबाट अलग भएर बस्नको लागि योजना तयार गरेको केहि रकम खर्च गर्न समेत तयार रहेको कुरा आफ्नो प्रेमी धन लामालाई जानकारी गराएको देखियो ।’ घटनामा पुर्व रिसिबी र आफ्नो प्रेमीको कुराबाट नै हत्या गर्ने योजना बनाएर कास्की ल्याएको देखिएको प्रहरीको भनाई छ ।
धन र रामबहादुरसहित सिक्लेस हाइड्रोमा काम गर्न आएका चारजना मिलि रक्सी सेवन गरि हिडिरहेको अवस्थामा मृतकले धन लामालाई अचानक गाली गरेपछि मार्ने उदेश्यले पछाडीबाट ढुंगाले टाउको मा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । प्रहारबाट जमिनमा ढलेपछि २÷४ मुक्का हान्दा नचलेपछि मरेको एकिन गरि घिसार्दै बाटो भन्दा २५ मिटर तल एकान्त खोल्सामा घिसार्दै लगेको प्रहरीले बताएको छ । त्यसपश्चात मृतकको साथमा रहेको मोबाइलको सिम निकालेर फालेको, मोबाइलको पाटपुर्जा छुट्याएर फालेका थिए । मृतकको साथमा भएको दुई हजार रुपैयाँ र अन्य लत्ताकपडा सहितको झोला समेत झाडीमा लुकाएको डिएसपी विकले बताए ।
हत्यामा संलग्न च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ विरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ । फागुन ३ गते बिहिबार मादि गाउँपालिका १ तउरेती नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडकदेखि करिब ३० मिटर तल भिरमा राबहादुरको शव भेटिएको थियो । कुकुरसहितको अनुसन्धानमा पुगेको प्रहरीको टोलीले लाइक ट्राउट र्फाम एण्ड रेष्टुरेन्टको सिसि क्यामेराको फुटेजको आधारमा उनीहरुको पहिचान गरेको थियो ।





