पोखरा / पोखराबाट पर्यटक लिएर हिडेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बा. १ प. ११३९ नम्बरको पर्यटक बस शनिवार बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्।
उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए। चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी खाणले बताए । उक्त बसमा २६ यात्रु सवार थिए।





