सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा

राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८०, सोमबार

पोखरा / पर्यटकीय क्षेत्र वेगनास तालमा भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा आएको छ । पोखरा महानगरपालिकाको आयोजनामा भएको दुई दिने प्रतियोगितामा दुई इभेन्ट भएका थिए । दुई इभेन्टको विधामा फरक फरक नतिजा आएको हो ।

पाँच सय मिटरको उपाधि जितेको वाटर स्पोर्टस नेपाल दुई सय मिटरमा दोस्रो भयो । उता महिलातर्फको पाँच सय मिटरमा उपाधि चुमेको वेगनास डु®ा व्यवसायी दुई सय मिटरमा दोस्रो भयो ।

पाँच सय मिटर पुरुषतर्फको खेलमा वाटर स्पोट्र्सले कुल ३ मिनेट ५७ सेकेन्ड १९० मिलिसेकेन्डमा दुरी पुरा ग¥यो । पहिलो चरणमा १ मिनेट ५९ सेकेन्ड र दोस्रो चरणमा १ मिनेट ५७ सेकेन्डमा दुरी पार गरेको हो । उपाधिसँगै नगद २ लाख रुपैयाँ हात पारेको छ ।

यस्तै नारा पोखराले ३ मिनेट ५७ सेकेन्ड ५९० मिलिसेकेन्डमा दुरी पुरा गर्दै एक लाख रुपैयाँ हात पा¥यो । पहिलो चरणमा १ मिनेट ५९ सेकेन्ड र दोस्रो चरणमा १ मिनेट ५८ सेकेन्डमा दुरी पार गरेको थियो । तेस्रो भएको नेपाली सेताले ४ मिनेट ६ सेकेन्डमा दुरी पुरा ग¥यो । पहिलो चरणमा २ मिनेट ४ सेकेन्ड र दोस्रो चरण २ मिनेट २ सेकेन्डमा पुरा गरेको थियो ।

महिलाहरुतर्फ पाँच सय मिटरको प्रतिष्पर्धामा बेगनासताल डुंगा व्यवसायी समितिको समूह प्रथम हुन सफल भएको छ । भने, बेगनासताल मत्स्य व्यवसायी समितिको समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह फेवा तृतीय भएको हो । प्रतियोगिताको पाँच सय मिटर तर्फको विजेता हुने टिमले नगद २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

दुई सय मिटरतर्फ नारा पोखराले निर्धारित दुरी १ मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि चुम्यो । पहिलो चरण ५२ सकेन्ड र दोस्रो चरणमा ५० सेकेन्डमा दुरी पुरा गरेको हो । यस्तै वाटर स्पोटर्स नेपालले १ मिनेट ४४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भयो । पहिलो चरण ५३ सेकेन्ड र दोस्रो चरण ५१ सेकेन्डमा पुरा गरेको हो । हर्पन फेवा मत्यस सहकारी जलारी समूहले १ मिनेट ५१ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो भयो । पहिलो चरण ५५ सेकेन्ड र दोस्रो चरण ५५ सेकेन्डमा पुरा ग¥यो ।

यस्तै महिलातर्फको दुई सय मिटरमा प्रतिष्पर्धामा बेगनासताल मत्स्य व्यवसायी समितिले २ मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै प्रथम भयो । वेगनासले पहिलो चरण १ मिनेट ६ सेकेन्ड र दोस्रो चरण १ मिनेट १० सेकेन्डमा पार गरेको हो । बेगनासताल डुंगा व्यवसायी समितिको समूहले २ मिनेट १७ सेकेन्डमा पुरा गर्दै दोस्रो भयो । पहिलो चरण १ मिनेट ११ सेकेन्ड र दोस्रो चरण १ मिनेट ६ सेकेन्डमा पुरा गरेको हो ।

यस्तै जलारी दिदीबहिनी समूहले २ मिनेट १९ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो भयो । उक्त समूहले पहिलो चरण १ मिनेट १४ सेकेन्ड र दोस्रो चरण १ मिनेट ४ सेकेन्डमा पुरा गरेको हो । यस्तै दुई सय मिटरको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->