बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले अधिवेशनमा सूर्यदर्शन र मित्रमिलन सहकारी पिडितको विरोध

एमाले अधिवेशनमा सूर्यदर्शन र मित्रमिलन सहकारी पिडितको विरोध


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८०, बुधबार

पोखरा / एमालेको अधिवेशन चलिरहेको पोखरा सभागृह अघि मंगलबार सहकारी पिडितलाई न्याय दिनुपर्ने भन्दै धर्ना दिएका छन् । सूर्यदर्शन बचत पिडित संघर्ष समिति र मित्रमिलन सहकारी पिडित संघर्ष समितिले सहकारीको समस्या समाधान गर्नुपर्ने, सहकारीको बचत सुरक्षित गर, सहकारी पिडितलाई न्याय दे, फरार अभियुक्तलाई तुरुन्त पक्राउ गर्नुपर्ने माग राखेका छन् । यस्तै अभियुक्तलाई राजनिति संरक्षण मिलेको भन्दै उनीहरुले एमाले अधिवेशनमै आएर विरोध गरेका हुन् । मित्रमिलन सहकारी ठगी प्रकरणमा मुछिएकाहरुको फोटो सहित ब्यानर बनाएर धर्ना दिएका हुन् ।

एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले अधिवेशनलाई प्रभाव पार्ने भन्दै त्यहाँबाट हट्न आन्दोलनकारीहरुलाई आग्रह गरे । उनले अधिवेशनमा उम्मेदवारलाई प्रभाव पर्नेसँगै आन्दोलनकै नाउमा अन्य व्यक्तिले समेत हस्तक्षेप गर्न सक्ने उनले बताएका थिए । पिडितहरुसँग कुरा गर्दै गुरुङले आफु भोलिबाट निवर्तमान अध्यक्ष हुने भएपनि संसदमा पिडितको आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । पिडितहरुसँग उनले भने–‘बरु लिखित रुपमै तपाईँहरुको समस्या लेखेर दिनुस म एक शब्दपनि नकाटि संसदमा कुरा राख्नेछु’ हात जोड्दै भन्छन्, ‘भोलि बोलाउनुस जहाँ बोलाउनु हुन्छ म त्यहाँ आउँछु तर, यहाँ यसरी विरोध नगरिदिनुस ।’

पिडितहरुले आफुहरुलाई न्याय दिने प्रतिबद्धता गरेपश्चात आन्दोलन रोकेको बताए । एक पिडितका अनुसार राजनैतिक संरक्षण भएकाले पार्टीको कार्यक्रममै विरोध गरेको सुनाए । उनले आफुहरुले अधिवेशन विथोल्न नभई न्याय माग्न आएको सुनाए ।

सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना विरुद्ध मुद्धा परेको थियो । उक्त सहकारीमा एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ ठगीको आरोप छ ।
यस्तै मित्रमिलन सहकारीमा ३१ करोड ७८ लाख रुपैयाँ हिनामिना भएको आरोप छ । उक्त सहकारीको ठगीमा संलग्न रहेको भन्दै ३३ जनाविरुद्ध उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->