बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी

एसईईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी

सबैभन्दा बढी कास्कीबाट १० हजार २ सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थी परीक्षामा सहभागी हुदैछन


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८०, बुधबार

पोखरा/ विहीबारदेखि सुरु हुने एसईई परीक्षामा गण्डकी प्रदेशका ११ जिल्लाबाट ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी हुदैछन । परीक्षाका लागि २ सय १४ परीक्षा केन्द्र कायम गरिएको प्रदेश शिक्षा बिकास निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अधिकृत खेमराज पौडेलका अनुसार प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार २ सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थी परीक्षामा सहभागी हुदैछन । यसैगरी पूर्वी नवलपरासीबाट ६ हजार १ सय ६५, गोरखबाट ३ हजार ६ सय ६२, लमजुङबाट २ हजार ६ सय ७९, तनहुँबाट ५ हजार ४ सय ६२ जना परीक्षार्थी रहेका छन । स्याङ्जाबाट ४ हजार १ सय २४, बागलुङबाट ४ हजार ३ सय ९९, मुस्ताङबाट १ सय ८८, म्याग्दीबाट १ हजार ९ सय ३८ र पर्वतबाट २ हजार २८ विद्यार्थी सहभागी हुने पौडेलले बताए । परीक्षामा सहभागी हुने छात्रा र छात्र तथा सामुदायिक र संस्थागत विद्यालयको संख्या भने एकीन नभएको पौडेलले बताए । जिल्लाहरुले पठाएको तथ्यांकमा छात्र र छात्रा नखुलाइएकोले कुल परीक्षार्थीको मात्रै संख्याबाहेक छात्रछात्राको छुट्टाछुट्टै संख्या भन्न नसकिएको उनको भनाइ छ ।

प्रदेशभरबाट सामुदायिक र संस्थागत गरी १ हजार ३ सय ३२ विद्यालय परीक्षामा सहभागी हुन लागेका हुन । परीक्षार्थीमध्ये ३९ हजार ४२ जना नियमिततर्फका छन । यसैगरी प्राविधिक विषयतर्फका १ हजार ३ सय ९० र अघिल्लो वर्षको परीक्षामा कम जीपीए ल्याएका (ग्रेडबृद्धि) तर्फका ४ सय ८६ विद्यार्थी रहेका छन् । परीक्षालाई व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि २ सय १४ केन्द्राध्यक्ष, ३ सय ७२ सहायक केन्द्राध्यक्ष र २ हजार १ सय ४४ निरीक्षक परिचालन गरिएको पौडेलले बताए । यस्तै ५ सय १८ परीक्षा सहायक, ९ सय २३ कार्यालय सहयोगी र ३ हजार २ सय १० सुरक्षाकर्मी पनि परिचालन हुनेछन । विहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->