बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

मतदान सकियो ९ सय १५ मत खस्यो

मतदान सकियो ९ सय १५ मत खस्यो

कास्की एमाले अधिवेशन


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८०, बुधबार

पाेखरा/  नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन अन्तर्गत मंगलबार साँझबाट सुरु मतदान भर्खरै सकिएको छ । मतदानमा ९ सय २६ मतदातामध्ये ९ सय १५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
गत शनिवार अर्थात चैत १० मा उद्घाटन गरिएको अधिवेशन पार्टीको आन्तरिक र निर्वाचन प्रक्रियाका कारण मंगलबार साँझबाटमात्र निर्वाचनमा मतदान सुरु भएको थियो । बुधवार दिउँसो साढे ४ बजेतिर मतदान सकिएको थियो । विद्युतीय प्रविधीमार्फत मतदानको व्यवस्था भए पनि एकजना मतदाताले १२२ जनालाई भोट खसाल्दा लामो समय लागेको थियो । केही मतदाताले एकघन्टासमेत मतदानमा बिताएका थिए । मंगलबार दिउँसो १ः३० बजे नै मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले जारी गरेतापनि मेसिनमा प्राविधिक समस्या देखिएपछि ६ घण्टापछि मात्र बल्ल मतदान सुरु भएको थियो ।
निर्वाचन समितिका सदस्य उमाकान्त पौडेलका अनुसार मतगणना सुरु हुन लागेको छ । विद्युतीय मतदान भएकाले गणनामा भने ढिलाइ नहुने उनले बताए । निर्वाचनबाट पदाधिकारी र सदस्य ११५ जना र लेखासमितिमा ७ गरी १२२ जना चुनिनेछन ।
पदाधिकारीमध्ये अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, माधव बाँस्तोला र विवेक त्रिपाठी स्पर्धामा छन । जिल्लाको चुनाव भनिएतापनि यहाँ एमालेका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्षबिच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
एमाले उपमहासचिव गुरुङको समूहबाट अध्यक्षमा माधव बास्तोला मैदानमा छन । युवा संघ केन्द्रिय कमिटी, एमाले प्रदेश कमिटी हुँदै मैदानमा होमिएका हुन ।
विद्यार्थीकालीन राजनीतिदेखि हालका सचिव बैनबहादुर क्षेत्रीको राजनीतिक यात्रा पनि लामो छ । सुरुदेखि नै एमाले केन्द्रिय नेता खगराज अधिकारीको विश्वासपात्रको रुपमा उभिँदै आएका छन ।
अध्यक्षका अर्का प्रत्यासी त्रिपाठी भने गुटगत राजनीतिको अन्त्यको लागि भन्दै उमेदवार बनेको बताए ।
सचिव पदमा पृथ्वीसुब्बा पक्षबाट सुरेन्द्र गुरुङ र खगराज पक्षबाट दर्शन लामा उम्मेदवार छन । पदाधिकारीदेखि सबै क्लष्टर र सदस्यहरुमा पनि अधिकारी र गुरुङ समूह आ–आफ्नो प्यानल नै बनाएर मैदानमा उत्रिएका छन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->