बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आजबाट एसईई परीक्षा, १० हजार ८ सय ६ विद्यालयका ५ लाख विद्यार्थी सहभागि हुँदै

आजबाट एसईई परीक्षा, १० हजार ८ सय ६ विद्यालयका ५ लाख विद्यार्थी सहभागि हुँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८०, बिहिबार

काठमाडौं/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन् । यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षामा सामेल हुन फाराम भरेका छन् । ती मध्ये ४ लाख ८० हजार परीक्षार्थीले प्रवेश पत्र लिइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

बोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष¸ सहायक केन्द्राध्यक्ष¸ निरीक्षक¸ सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटाएको परीक्षा नियन्त्रक पौडेल बताए । यो वर्ष २ लाख ५३ हजार ६ सय २७ जना छात्र परीक्षामा सहभागी हुँदा दुई लाख २ लाख ५० हजार ७ सय ७२ छात्राले परीक्षा दिनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->