पोखरा/ कास्कीको पर्यटकीय गाउँ घान्दु्रकमा हालै निर्माण भएको चक्रिय पदमार्ग चिनाउनका लागि ‘चक्रीय पदमागै दौड प्रतियोगिता हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत अन्तिम साता उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।
सबै मौसममा पर्यटन भन्ने नाराका साथ समितिले घान्द्रुक पर्यटन महोत्वसको आयोजना गर्दैछ । सोही महोत्सवमा चक्रिय पदमार्ग चिनाउनका लागि दौड प्रतियोगिताको आयोजना गर्न लागिएको हो । मेश्रेम बराह माविबाट सुरु हुने चक्रिय पदमार्ग वडा नं. १० को कार्यालयहुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्द्रै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयम नजिक जोडिएको छ । यो दुरी ५.५ किमी रहेको छ । सोही पदमार्गमा दौड प्रतियोगिता हुनेछ । यी घान्दु्रकलाई घेरिएका ठाउँ हुन् । जसले घान्द्रुक आउने पर्यटकको समय लम्ब्याउन समेत भूमिका खेल्न सक्छ । गत वर्ष चक्रिय पदमागैका लागि गण्डकी प्रदेश सरकारले तीन लाख र स्थानीयले तीन लाख रुपैयाँ गरी ६ लाख रुपैयाँमा निर्माण गरिएको हो । स्थानीय अमर लेन तमुले चक्रिय पदमार्गले घान्दु्रकको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने बताए । युके बस्दै आएका तमुले पर्यटकीय क्षेत्र घान्द्रुक घुम्न आउने पर्यटकले अब एकै हिडाइमा पुरा घान्द्रुकको भ्रमण गर्न पाउनेछन् । ‘यो पर्यटकका लागि मात्र नभई हाम्रो गाउँको लागि समेत राम्रो कुरा हो । घान्दु्रकको इतिहास, संस्कार र संस्कृति सँग यो पदमार्ग जोडिएको छ,’ उनले भने, ‘यो पदमार्गबाट सबै घान्द्रुक देख्न पाइनेछ ।’
व्यवसायी तथा सामाजिक अभियन्ता अमृत गुरुङले चक्रिय पदमार्ग बनेको धेरै समय नभएको र यसको प्रबद्र्धनका लागि दौड प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार महोत्सवमा अन्य प्रतियोगिताहरु समेत हुनेछन् । घान्द्रुकको नयाँ आकर्षण र छोटो पदमार्ग हिड्न चाहनेहरुका लागि यो महत्वपूर्ण सावित हुन सक्ने उनको अनुमान छ । ‘घान्दु्रक गाउँ निकै रमाइलो गाउँ हो । देशको मात्रै नभई विश्वकै छोटो समयमा घुम्नुपर्ने क्षेत्रमा समेत यो गाउँ परिसकेको छ यो हाम्रो लागि गौरवको विषयपनि हो’ उनले भने, ‘पुरै घान्दु्रकलाई घेरेर बनेको यो पदमार्ग चिनाउनु हाम्रो उदेश्य हो ।’
पर्यटन तान्न पर्यटन महोत्सव
घान्दु्रक पर्यटन व्यवस्थापन समितिले पर्यटन तान्नका लागि पर्यटन महोत्वसको आयोजना गर्न लागेको छ । महोत्सवमा विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने घान्दु्रक पर्यटन महोत्सवमा विभिन्न खेल गतिविधिका साथै सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । महोत्सवबारे जानकारी दिन बिहीबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै महोत्सव संयोजक अमृत गुरुङले पर्यटन प्रबद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागेको बताएका छन् । उनका अनुसार महोत्सवमा क्लब स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिता, खुल्ला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय दौड प्रतियोगिता, छेलो, म्युजिकल चियर र प्रदर्शनीको रुपमा ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको हो । भलिबलको पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । घोडा दौडको विजेताले ५५ हजार पाँच सय ५५ र उपविजेताले २७ हजार सात सय ७७ तथा तेस्रो हुनेले ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । चक्रीय दौडको प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । छेलोको विजेताले आठ हजार र उपविजेताले पाँच तथा म्युजिकल चियरको विजेताले दुई तथा दोस्रोले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । घान्दु्रक पर्यटन व्यस्थान समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा घान्दु्रक आउने पर्यटकका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उनका अनुसार चक्रिय दौड ५.५ किमी र घोडा दौड ९.५ किमीको हुनेछ । ‘हामीले महोत्सवको समयमा आउने पर्यटकहरुका लागि विशेष छुटको व्यवस्था गरेका छौं । महोत्वस अवधिभर भेज खाना दुई सय र ननभेज खाना दुई सय ५० रुपैयाँ समेत तोकेका छौं’ उनले भने, ‘पर्यटकहरुको आकर्षण बढोस भनेर हामीले महोत्सवको आयोजना गरेका हौं । यसले पक्कै पनि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।’ महोत्सव चैत २७ गतेदेखि ३० गतेसम्म मेश्रम बराह माविमा हुनेछ ।





