शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

राखेपविरुद्ध अन्तरिम आदेश जारी नगर्न उच्चको आदेश

राखेपविरुद्ध अन्तरिम आदेश जारी नगर्न उच्चको आदेश


  • विजय नेपाली
  • चैत्र १६ २०८०, शुक्रबार

पोखरा / उच्च अदालत पोखराले राष्ट्रिय खेलकुद परिषद् विरुद्धको मुद्धामा अन्तरिम आदेश जारी नहुने आदेश गरेको छ ।

कास्कीको माछापुच्छे्रमा बन्ने भनिएको फिफा ड्रिम प्रोजेक्ट अन्तरगतको टेक्निकल सेन्टरका लागि आएको रकम अखिल नेपाल फुटबल संघ (एन्फाले) रकमान्तर गरेपछि माछापुच्छे्र गाउँपालिकाले उच्च अदालत पोखरामा उजुरी दिएको थियो ।

रकमान्तर रोक्न अन्तरिम आदेशको माग भएपनि न्यायाधीश द्धय निर्मला पौडेल भट्टराई र धनसिंह महराको संयुक्त इजलासले तत्काल अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो । आदेश जारी भएपनि फैसला नहुन्जेलसम्म मुद्धा चलिरहने उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->