बागलुङ/अभिभावकलाई सकारात्मक सोचको बिकास गर्ने लक्षले अमर आदर्श आबासीय माबिले एकदिने मोटीभेसन (उत्प्रेरणा) सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
बिद्यालयका अभिभावकहरुलाई जिम्मेवार समेत बनाउने लक्षले उक्त तालिम आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
पछिल्लो समय अधिकांस मानिसमा आफ्नो जिम्मेवारीबारे बोध नहुने, नकारात्मक धारणा मात्रै बिकास हुने जस्ता कारणले बालबालिकामा समेत असर पर्ने गरेकोले यस्तो तालिम आयोजना गरिएको बिद्यालयका सहप्राचार्य कमल पन्तले बताए ।
तालिममा डा. तारा जीले प्रवचन गरेका थिए । उनको प्रस्तुतीमा अभिभावकहरुले बिशेष रुची राखेका थिए । उत्प्रेरणामुलक कार्यमा डा. ताराको उपस्थितीलाई धेरैले उत्कृष्ठ मान्ने गरेका छन् । सहभागि अभिभावकले एकदिने कार्यक्रमबाट ठूलो उपलब्धी मिलेको बताए ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख युक्तप्रसाद शर्माले अभिभावकलाई दिइएको तालिमले जिम्मेवारी मात्र नभइ काम गर्ने क्षमतामा पनि सुधार हुने बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयराज पन्तको अध्यक्षता, शिक्षक अनुस्का खत्रीको संचालन र प्रधानाध्यापक हेमन्त थापाको स्वागतमा सम्पन्न कार्यक्रममा ४ सय अभिभावक सहभागि थिए ।





