बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा विश्व स्वास्थ्य र स्वास्थ्य बिमा दिवश मनाइयो

बागलुङमा विश्व स्वास्थ्य र स्वास्थ्य बिमा दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८०, आइतबार

बागलुङ/‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मुल नाराका साथ ७६ औं विश्व स्वास्थ्य दिवश मनाइएको छ । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि आर्युवेदिक औषधालयको संयुक्त आयोजनामा दिवश मनाइएको हो ।
दिवशको अबसरमा मानव सेवा आश्रम बागलुङमा रहेका जेष्ठ नागरिकको आरोग्यको लागि सहयोग तथा नसर्ने रोगको स्क्रिनिङ शिविर समेत गरिएको हो । कार्यक्रममा आश्रमका ५३ जनाको स्वास्थ्य परीक्षण र स्क्रिनिङ गरिएको स्वासथ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीषक देवप्रकाश घिमिरेले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्य, धौलाििर आर्युवेद औषधालयका प्रमुख डा. शरद पन्थी, कमल बिक्रम पौडेल, डिल्लीप्रसाद आचार्य, कमला थापा, मनोज भुषाल र स्टाफ नर्स जलिसा थापा समेत पुगेर शिविरमा साथ दिएका थिए । आश्रममा बस्नेहरुको मधुमेह, रक्तचाप, खकार संकलन, तथा परामर्श सेवा दिइएको थियो ।
आठौं स्वास्थ्य बिमा दिवस बागलुङमा पनि मनाईयो
स्वास्थ्य बिमा दिवस विभिन्न कार्यक्रम गरेर मनाईएको छ । स्वास्थ्य बिमा स्थापना भएको दिन पारेर हरेक वर्ष चैत २५ मा यो दिवस मनाइँदै आईएको छ । यो वर्ष ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि, स्वास्थ्य बिमा’ नाराका साथ दिवस मनाईएको हो ।
यस वर्षको नाराले प्रत्येक ब्यक्तिको स्वास्थ्य सम्बन्धी अधिकारलाई जोड दिँदै सबै स्थानमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने, मानसिक स्वास्थ्य तथा आरोग्यको सुदृढीकरण गर्ने, शिक्षा सूचनाका साथै सफा खानेपानी, स्वच्छ हावा, पोषण, गुणस्तरीय आवास, मर्यादित काम तथा वातावरणीय अवस्था, समताको सम्बोधन तथा विभेदबाट छुट्काराको विषयमा सचेतना तथा पैरवी गर्ने उद्देश्य लिएको छ ।
यस्तै, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, स्वास्थ्य उपचार सम्बन्धी सूचना र उपचार सेवामा समान पहुँचको हक प्रत्याभूति गरेको स्मरण गर्दै दिवस मनाईएको हो । स्वास्थ्य बिमा कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रममा सहभागिले सूचना र सचेतनाको अभावमा तीन तहका सरकारले दिएको सुबिधा उपभोग गरेर नागरिक स्वास्थ्य बिमा कार्यक्रममा सहभागि हुन नसकेको गुनासो गरे ।
कार्यक्रममा बिमितहरुको तर्फबाट जैमिनी नगरपालिका–७ जैदीका स्थानीय थानेश्वर सुवेदीले पछि परेको समुदायका लागि बिमा गर्न ल्याईएका कार्यक्रम प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । बागलुङमा पछिल्लो समय स्वास्थ्य बिमा कार्यक्रममा सहभागि हुन नागरिक आँफै जागरुक हुने गरेको कार्यालय प्रमुख नारायण प्रसाद शर्माले बताए ।
नेपालमा सरकारले निःशुल्क स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा तथा नवशिशु कार्यक्रम, जोखिममा रहेका गर्भवतीलाई एयर एम्बुलेन्स सेवा, ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य वीमा, विपन्न नागरिकलाई ८ जटिल प्रकारका रोगको उपचारमा सहुलियत, एकद्धार संकट व्यवस्थापन केन्द्र, सामाजिक सुरक्षा इकाइजस्ता कार्यक्रम र सेवाहरु प्रदान गरिरहेको छ । बागलुङमा ३७ हजार ५ सय ६९ घर परिवारका १ लाख १५ हजार ५ सय ४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->