बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा एक सय ५० शिक्षक दरबन्दी थप

बागलुङमा एक सय ५० शिक्षक दरबन्दी थप


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८०, सोमबार

बागलुङ/जिल्लाका नौ स्थानीय तहमा १ सय ५० शिक्षक दरबन्दी थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तहमा दरबन्दी थप गरेको हो ।
१ सय ४२ स्थायी र ८ वटा राहत दरबन्दी थप भएको केन्द्रले जनाएको छ । बागलुङकै जैमिनी नगरपालिकाबाट भने २१ वटा स्थायी शिक्षक दरबन्दी कटौती गरिएको छ ।
जिल्लाको बडिगाड गाउँपालिकामा सबैभन्दा धेरै ३९ दरबन्दी थप भएका छन् । ३६ स्थायी र ३ राहत दरबन्दी थप गरिएको केन्द्रले जनाएको छ । स्थानीय तहको मागका आधारमा दरबन्दी थप गरिएको हो ।
ढोरपाटन नगरपालिकामा २५, बागलुङ नगरपालिकामा १५, ताराखोला गाउँपालिकामा १२, बरेङ गाउँपालिकामा ४, काठेखोला गाउँपालिकामा १५, तमानखोलामा ८, गलकोट नगरपालिकामा ११ र निसीखोला गाउँपालिकामा २१ जना शिक्षक दरबन्दी थप भएको हो ।
जैमिनीसहित गण्डकीका स्याङ्जा, लमजुङ र पर्वतका बिभिन्न स्थानीय तहमा कायम रहेका २ सय दरबन्दी केन्द्रले कटौती गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->