सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

तस्बिर : कृष्ण संयोग/ढोरपाटन

बागलुङ/काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु भएको छ । कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ बैशाख १ गतेसम्म संचालन हुने गरी खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता शुरु भएको हो ।
काठेखोला गाउँपालिकाको आयोजना, काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा वडा नं. २ भीमापोखराको अक्षेते बजारमा शुरु भएको कार्यक्रमको पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलले उद्घाटन गरेका थिए ।
उद्घाटनपछि बोल्दै कँडेलले रचनात्मक गतिविधिले गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन र प्रवद्र्धनमा सहयोग पुग्ने बताए । पालिकाको समृद्धिका लागि सबैको सहकार्य आवश्यकता रहेको कँडेलले बताए ।
कार्यक्रममा पूर्व साँसद टंकप्रसाद शर्मा कँडेल, पालिकाका निवर्तमान अध्यक्ष अमर थापा, बर्तमान उपाध्यक्ष तेजबहादुर थापा तिलक, नेपाली काँग्रेसका प्रेम पुन, नेकपा एमाले काठेखोलाका अध्यक्ष डिलबहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, वडा अध्यक्ष खड्कबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षता, वडा नं. २ का वडाध्यक्ष बिद्यापति शर्माको स्वागत र प्रशासन प्रमुख मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम शुरु हुनुपूर्व सोरठी, यानीमाया, सालैजो, पञ्चेबाजा र झाँकी प्रदर्शन गरिएको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->