बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सामुदायिक विद्यालयको घरदैलो अभियान

सामुदायिक विद्यालयको घरदैलो अभियान


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०८०, शुक्रबार

बागलुङ/सामुदायिक विद्यालयप्रति अभिभावकमा रहेको भ्रम चिर्नका लागि बागलुङका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सुरु हुनु अगावै घरदैलो अभियान चलाएका छन् ।
विपन्न समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको रामरेखा आधारभूत विद्यालय, रुद्रेपिपल मावि, बागलुङकै जेठो विद्यालय रहेको विद्यामन्दिर र सिगाना माध्यामिक विद्यालय लामिचौरले विद्यार्थी आकर्षित गर्न घदैलो अभियान चलाएका हुन् ।
सामुदायिक विद्यालयले अपनाएको गुणस्तरीय शिक्षाको विषयमा अभिभावक जानकार नहुँदा सामुदायिक विद्यालयप्रति विश्वास घटेकाले घरदैलो अभियान चलाइरहेको रुद्रेपिपल माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहरा, प्रधानाध्यापक र शिक्षकहरुले टोलीले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा जागरण पैदा गर्न घरदैलो अभियान चलाईरहेको छ ।
रामरेखा आधारभूत विद्यालयका शिक्षक रेशम गोतामेले बजारक्षेत्रकै सामुदायिक विद्यालय ओझेलमा परेको भन्दै शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यार्थी बढाउने अभियान चलाइरहेको बताए । घरदौलो अभियानपछि २ सय विद्यार्थी पु¥याउने लक्ष्य छ, स्कुल भ्यान खरिद गर्न थालेकाले मालढुंगाका विद्यार्थीलाई ल्याउन सहज हुनेछ गोतामेले विश्वास व्यक्त गरे ।
यस्तै, सिगाना माध्यमिक विद्यालय लामिचौरले सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न घरदैलो अभियानलाई गाउँ–गाउँ पु¥याएको छ ।
पछिल्लो समय भौतिक पूर्वाधारका कारण मुहार फेरेको विद्यालयले विद्यार्थीको संख्या र गुणस्तर दुवै बढाउन घरदैलो अभियानलाई तीव्रता दिएको शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्दप्रसाद गौतमले बताए ।
पछिल्लो समय सामुदायिक विद्यालयले सुविधा सम्पन्न कक्षाकोठा, डिजिटल बोर्डबाट अध्यापन, विज्ञान ल्याब, कम्प्युटर शिक्षा सुविधा विस्तार गर्दै लगेका छन् । ‘अभिभावलाई सामुदायिक विद्यालयप्रतिको शंकालाई चिर्न घर–घरमा पुगेर विद्यालयले प्रदान गरेको सेवा सुविधाबारे जानकारी गराइरहेका छौं’ गौतमले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->