शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

२२५ मधुमेह र कोलेस्ट्रोल जाँच

२२५ मधुमेह र कोलेस्ट्रोल जाँच


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८१, मंगलबार

पोखरा/ घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २२५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको मधुमेह र कोलेस्ट्रोलसम्बन्धी रगत जाँच सित्तैमा गरिएको हो भने अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइएको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

(युआरएलले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ । युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् ।

नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका अरु शाखाले ३० प्रतिशत छुटसहित आवश्यकता अनुसार केही रगत जाँच सित्तैमा गर्ने अफरसमेत सार्वजनिक गरेका छन् ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै अग्रणी ल्याब भएकाले सबै क्षेत्रमा नमूना बन्ने गरी काम गरिरहेको जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->