सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ


  • विजय नेपाली
  • बैशाख ५ २०८१, बुधबार

पोखरा/ लागुऔषध मुद्धामा दोषी भेटिएपछि फरार रहेका अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय आदेश भएपछि उनी फरार रहेका थिए । उनी विरुद्धको मुद्धा पुनः एक अपरिचित व्यक्तिले सार्वजानिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लामालाई २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो।

अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए। लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर‘‘फरार सूची’ मा थिए।

लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। सर्लाही घर भएका लामा काठमाडौँ बस्दै आएका थिए। २०७८ असार ६ गते एन्फा निर्वाचनमा अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट लामा उपाध्यक्ष निर्वाचत भएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->