
पोखरा / एसीसी प्रिमियर कपमा नेपाल समूह विजेता भएको छ । एक खेल अगावै सेमीफाइनलमा प्रवेश गरेको नेपालले आफ्नो अन्तिम खेलमा साउदी अरेबीयालाई ६ विकेटले हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर ७५ रन बनाउँदै क्लिन स्पि गरेको हो । वर्षाका कारण खेल सुरु हुन ढिला गरेपछि खेल ८÷८ ओभरमा झारिएको थियो ।
नेपालका लागि गुल्सन झाले ३२ रनको अविजित पारी खेले । उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल १६ रनमा अविजित रहे । उनले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
पहिलो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो । ओपनर कुशल भुर्तेल ठूलो शट खेल्ने क्रममा शुन्यमै क्याच आउट भए । दोस्रो ओभरको दोस्रो बलमा आशिफ शेख क्याच आउट भए । उनले २ रन जोडे । नेपालले त्यतिन्जे ५ रनमा २ विकेट गुमाइ सकेको थियो । तेस्रो विकेटका लागि पिच पुगेका दीपेन्द्र सिंह ऐरीले सुरुवाती दुई बलमा चौका प्रहार गर्दै रन रेट उकास्ने काम गरे ।
तेस्रो ओभरको दोस्रो बलमा कुशल मल्ल आउट भए उनले २ रनमात्रै जोडे । त्यतिन्जेल नेपाल १५ रनमा ३ विकेट गुमाइसकेको थियो । फुल टसमा लामो सट खेलेका दीपेन्द्र पाँचौ ओभरको अन्तिम बलमा क्याच आउट भए । दीपेन्द्रले ९ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडे ।
अरेबियाका लागि इश्तियाक अहमदले २ तथा उस्मान नाजिव र वाजी वी हसनले १÷१ विकेट लिए । विकेट किपरको कम्जोरीले सातौं ओभरको चौथो बलमा दुई रन लिने धुनमा रोहितले जिवनदान पाए ।
ओमानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबीयाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन जोड्न सफल रह्यो । ओपनर फैसल खान ६ रनमै आउट भए । दोस्रा ओपनर मनान अलि ३ रनमै आउट भए । अब्दुल वाहिद ३७ रनमा आउट भए ।
उनले १६ बलमा ३ छक्का र ३ चोका प्रहार गरे । वाजी यु हसन ३ रनमा, काशिफ अब्बास ८, कप्तान हिशम शेख २ रनमा आउट भए। साद खान ५ रनमा आउन भए । उस्मान खालिद ४ रनमा नटआउट रहे ।
नेपालका लागि करण केसी र अभिनाष बोहोराले २÷२ तथा ललित राजवंशी र प्रतिस जिसीले १÷१ विकेट लिए ।
४ खेल खेलेको नेपालले ४ खेलमै जित निकाल्दै कुल ८ अंकका साथ शीर्षस्थानमा रहेको छ । ४ खेल खेलेको हङकङ २ जित २ हार सँगै चार अंक बनाउँदै नेट रन रेटमा कतारभन्दा अघि रहँदै दोस्रो स्थान हासिल ग¥यो ।
कतार तेस्रो स्थानमा रह्यो । एक मात्र जित निकालेको साउदी चौथो र ४ मा एक खेल मात्र जितेको मलेसिया २ अंकका साथ तालिकाको अन्तिममा छ । समूह ए बाट हङकङ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । समूह बी मा भने अन्तिम खेलहरु बाकी रहेका छन । यद्यपी ओमान एक खेल अगावै सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।





