
पोखरा /एसीसी प्रिमियर कपमा नेपालले युइईलाई १२० रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले युएईलाई सहज लक्ष्य दिएको हो । अल इमिरेट क्रिकेट मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा नेपालका ओपनर कुशल भुर्तेल शुन्यमै पेभिलियन फर्किए । आशिफ शेख ८ रनमै आउट भए । कप्तान रोहित पौडेल ५ रनमै आउन भए ।
नेपालका लागि सन्दिप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र दुई छक्का प्रहार गरे । कुशल मल्ल ३ रनमा, दीपेन्द्र सिंह ऐरी ५, गुल्सन झा २०, सोमपाल कामी २, करण केसी १७ बलमा आउट भए । अभिनाष बोहोरा १ र ललितराज वंशी २ रनमा नटआउट रहे ।
युएईका लागि जुनियाद सिद्धिक, अलि नासिर र वसिल हमिलले समान २÷२ तथा ओमिद सफी रहमान, आयान अफजल खान र मुहम्मद फारोकले १÷१ विकेट लिए ।





