पोखरा / वैदेशिक शैक्षिक क्षेत्रमा जानेहरुका लागि अमानी इन्टरनेशनल एजकेशन सेन्टर मार्ग बन्दै काठमाडौं पुतलीसडकस्थित स्टार महलको तेस्रो तलामा रहेर सञ्चालनमा ल्याइएको छ ।
वैदेशिक कलेज तथा युनिभर्सिटी भर्ना परामर्श, आवेदन सेवा, छात्रवृत्तिमा मार्गदर्शन, भिसा परामर्श, विद्यार्थी स्वास्थ्य कभर, करियर परामर्श, वित्तिय परामर्शमा समेत सहजीकरणका रुपमा रहेको छ ।
युके, अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, यूरोप, न्युजिल्यान्ड जस्ता देशहरूमा पठाउनका लागि अमानी इन्टरनेशनल एजुकेशन सेन्टरले आफ्नो बाटो खुला गरेको छ ।
IELTS, PTE, Duolingo,जापानी भाषा, जर्मनी भाषा सिकाइ समय समयमा परीक्षाको तयारीका साथै परीक्षाको लागि डेटबुक गरी वैदेशिक शैक्षिक क्षेत्रमा जानेहरुका लागि सहजीकरणको माध्यम बनेको कुरा अमानी इन्टरनेशनल एजुकेशन सेन्टरका प्रबन्ध निर्देशक निरुता पौडेलले जानकारी दिइन ।





