बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

७ वर्षदेखि निरन्तर अभिभावकत्व पाएका गोपाल

७ वर्षदेखि निरन्तर अभिभावकत्व पाएका गोपाल


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८१, शनिबार

बागलुङ/नेपाल निजामती कर्मचारी संगठन बागलुङले ३५ औं स्थापना दिवस विपन्न विद्यार्थी भर्ना र शैक्षीक सामाग्री हस्तान्तरण गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा रुद्रेपिपल मावि बागलुङमा विपन्न विद्यार्थी भर्ना तथा पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री हस्तान्तरण गर्दै संगठनले स्थापना दिवस मनाएको हो ।
नेपाल निजामती कर्मचारी संगठन बागलुङले २०७४ सालमा अभिभावकत्व ग्रहण गरेका विद्यार्थी गोकुल नेपालीलाई कक्षा ८ मा भर्ना गर्दै एक कार्यक्रमका बिच पाठ्यपुस्तक, शैक्षिक सामाग्री हस्तान्तरण गर्दै स्थापना दिवस मनाइएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले थालनी गरेको विद्यार्थी भर्ना अभियान संगठनले २०७४ सालदेखि नै निरन्तरता दिदै आएको संगठन बागलुङका अध्यक्ष श्याम कुमार थापा मगरले बताए ।
२०७४ सालदेखि विद्यार्थी गोकुल नेपालीको अभिभावकत्व नेपाल निजामती कर्मचारी संगठन बागलुङले गर्दै आएको र आगामी दिनमा निरन्तरता दिने अध्यक्ष थापाले बताए ।
नेपाल निजामती कर्मचारी संगठनका तर्फबाट प्रदान गरिएको पाठ्यपुस्तक लगायतका सामाग्री रुद्रेपिपल माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोरा तथा नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश सदस्य सरस्वती देवी रेग्मीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->