बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राष्ट्रिय माविका १५ पूर्व विद्यार्थी सम्मानित

राष्ट्रिय माविका १५ पूर्व विद्यार्थी सम्मानित

विद्यालयले स्थापनाको ७५ वर्ष प्रवेशको अवसरमा आयोजित हीरक महाेत्सवका अवसरमा बृहत पुनर्मिलन कार्यक्रम गरेर उनीहरुलाइ सम्मान गरेकाे हाे


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८१, शनिबार

पोखरा / पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनाको ७५ वर्ष प्रवेशको अवसरमा आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ पूर्व विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयले पूर्वविद्यार्थी कृषिविज्ञ डा.अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष गणेशबहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा.जगदीशलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक उपाध्यक्ष तेजबहादुर गुरुङ, २०३१ सालको एसएलसी परीक्षामा बोर्ड फस्ट दानकुमार प्रधान, ललितकलाकर्मी एवम् वरिष्ठ व्यङ्ग्य चित्रकार दुर्गा बराल, नेपाल सरकारका पूर्व उद्योग वाणिज्य सहायक मन्त्री प्रकाशबहादुर गुरुङ, पोखरा विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रकाशमान गुभाजू, गायीका बाबा राणा, न्यायिक प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक राघवलाल बैद्य, विद्यालयका पूर्व विद्यार्थी, शिक्षक एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामराज रेग्मी र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठलाई सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्वलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद सापकोटा, पुनर्मिलन समारोहका संयोजक वसन्तराज अधिकारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्ष रामविक्रम राणा लगायतले माला, अबिर र सम्मानपत्रले सम्मान गरेका थिए ।

उक्त अवसरमा मेयर धनराज आचार्यले तत्कालिन राणा सासनको अन्त्य हुने वेलामा स्थापना भएको राष्ट्रिय माविले नेपालमा ख्यातिप्राप्त ब्याक्तित्व उत्पादन गर्ने केन्द्रको रुपमा स्थापित भएको र त्यसको गरिमालाई कायम राख्न महानगरको तर्फबाट सहयोग गर्ने वताए । तत्कालिन समयमा निर्माण भएका भवन जीर्ण हुदै गएको आफुले थाहा पाएको वताउदै त्यसको संरक्षणका लागी आफ्नो तर्फबाट सहयोग गर्ने वताउदै मेयर आचार्यले राष्ट्रिय माविलाई पुरानै उचाइमा पु¥याउने गरी काम गर्न विद्यालयका शिक्षक, अभिभावक, पूर्व विद्यार्थी र विद्यार्थीलाई समेत आग्रह गरे ।

विद्यालयका पूर्व विद्यार्थी तथा पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष साहरा प्रधान, वडा २ का अध्यक्ष दिवशमान प्रधानाङ्ग, सम्मानित ब्यक्तित्व प्रकाशबहादुर गुरुङ र रामराज रेग्मी, विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद सापकोटा लगायतले वोलेका थिए ।

बि.सं. २००६ सालमा स्थापना भएको विद्यालयले ७४ वर्ष पुरा गरि ७५ औं वर्ष प्रवेशको अवसरमा हीरक महोत्सवका विविध कार्यक्रम गर्दै आइहरकोमा ११ औं कार्यक्रम अन्तर्गत वृहत पुनर्मिलन कार्यक्रमको आयोजना गरेको हो । महोत्सव अवधिभर २०८१ मंसिर २० सम्म २२ वटा कार्यक्रम गरी हीरक महोत्सव आयोजना गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->