बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कम्युटर विधिबाटै आँखा परीक्षण गरिने

कम्युटर विधिबाटै आँखा परीक्षण गरिने


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८१, आइतबार

बागलुङ/उच्च शिक्षाको पढाइ पछि बिदेश हानिने धेरै युवाको चाहना छ । त्यसमा पनि प्राविधिक क्षेत्रको उच्च शिक्षा पढेपछि त धेरै युवाले बिदेशमा पुगेर काम गरेका छन् ।
तर यहाँका एक युवाले यहीं बसेर काम गर्ने लक्ष बनाएका छन् । सिदार्थ चस्माघरको शाखाको रुपमा बानपा २ को बालमन्दिर रोडमा आइतबारदेखि नयाँ पसल संचालनमा आएको छ । यो पसल कुनै व्यवसायिक मात्र होइन, यहाँ आँखाको परीक्षण गरेर आवस्यकता अनुसारको लेन्स प्रयोग भएको चस्मा पाइने स्थान हो ।
बरिष्ठ नेत्र सहायक सुदन राज पाण्डेयले यो पसल संचालन गर्ने छन् । यहाँ कम्प्युटर बिधिबाट आँखाको परीक्षण गरेर आवस्यकताको आधारमा चस्मा दिने व्यवस्था हुने छ ।
बानपा २ का अध्यक्ष सुरज बोसेलले आइतबार चस्मा घरको उद्घाटन गरे । उक्त अवसरमा बोसेलले स्वदेशमा रचनात्मक काम गरेर बस्न चाहने युवालाई प्रोत्साहन गर्नुपर्ने बताए । साथै उनले युवा उद्यमीलाइ सम्मान गरेर अन्य युवालाई समेत काम गर्ने वातावरण सिर्जना गर्ने बताए ।
चस्मा घरका संचालक मदुसुदन राज पाण्डेयले छोरालाई स्वदेशमै काम गरेर रमाउन सक्ने वातावरण बनाउन लागेको बताए । पछिल्लो समय समाजमा आँखाको समस्या भएका बिरामी धेरै छन् । उनीहरुको उपचार जिल्लामै गर्ने लक्षले चस्मा घर र परीक्षणको व्यवस्थापन समेत गरिएको उनले बताए ।
त्यसका लागि पसलमा आँखाको परीक्षण गर्ने अत्याधुनिक उपकरण समेत ल्याइएको छ । ती उपकरण जडान गरेर आइतबारदेखिनै संचालनमा ल्याइएको पाण्डेयले बताए । २२ बर्ष अघिदेखि पाण्डेले बागलुङमा चस्मा घर संचालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->